जेठ २९ । एसएलसी परीक्षाको नतिजा शुक्रबार सार्वजनिक हुने भएको छ ।

गत चैत ६ गतेदेखि १४ गतेसम्म परीक्षा नियन्त्रण कार्यालय सानोठिमीद्धारा सञ्चालित परीक्षाको परीक्षाफल शुक्रबार सार्वजनिक गर्ने तयारी भएको हो ।

परीक्षा नियन्त्रक विष्णुबहादु द्वारेले अहिलेसम्म ८० प्रतिशत काम भईसकेको बताएका छन् ।

यस वर्षको एसएलसी परीक्षामा जम्मा पाँच लाख ६६ हजार ८५ जना परीक्षार्थी सहभागी भएकामा नियमिततर्फ चार लाख १९ हजार ३५२ जना र एक्जाम्टेडतर्फ एक लाख ४६ हजार ७३३ जना सहभागी भएका थिए ।


परीक्षालाई मर्यादित तथा व्यवस्थित बनाउन यस वर्ष कार्यालयले ३५ बुँदे आचारसंहितासमेत जारी गरेको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।