जेठ २७ । बुधबार पनि नेम्से परिचक बढेर नै बन्द भएको छ । पटक पटक नौ सय बिन्दु माथि पुगे पनि अन्तिम समयमा भने  ४.५१ अंकले वृद्धि भएर आठ सय ९९ बिन्दुमा आइपुगेको रोकिएको छ ।

बुधबार नेप्सेले नौं सय सात बिन्दुसम्म पनि पुगेको थियो ।

नेप्से बढ्नमा बैंकिंग समूह अगाडी देखिएको छ । बैंकिङ समूहको परिसूचक साढे आठ अंकले बढेको छ । बैंकिङ समूहको परिसूचक साढे आठ अंकले बढेको छ । यस दिन २२ वाणिज्य बैंक र एक बैंकको संस्थापक सेयर मूल्य बढेर कारोबार भएको छ ।

बीमा, होटेल र जलविद्युत् समूहको परिसूचक भने घटेको छ । चिलिमेको सेयर मूल्य ३० रुपैयाँले घटेपछि जलविद्युत् समूहको परिसूचक बढ्न सकेन । नेशनल लाइफ, राष्ट्रिय बीमा संस्थान, नेपाल इन्स्योरेन्सको सेयर मूल्य घटेको छ । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।