काठमाडौँ, २८ जेठ । सभामुख सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध गर्दा जनताको आवाज अवरुद्ध हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभाको आज उद्घाटन गर्दै सभामुख नेम्वाङले संसद् अवरुद्ध गर्दा जनप्रतिनिधिले जनताको माग र विचार राख्न नपाउने भएकाले त्यसतर्फ सबै राजनीतिक दल सजग हुनुपर्ने बताए ।

विगतदेखि नै आफूले सबै राजनीतिक दललाई कुनै पनि बहानामा संसद् अवरोध नगर्न अनुरोध गर्दै आएको उल्लेख गर्दै उहाँले संसद् अवरुद्ध भए पनि संविधान निर्माणको कार्यमा भने कुनै अवरोध नभएको बताए ।

आफू सदैव उद्योग मैत्री नीति र कानुनको पक्षमा रहेको बताउँदै सभामुख नेम्वाङले त्यस्ता विधेयक संसद्मा आउने बित्तिकै पारित गर्नका लागि हरसम्भव प्रयास गर्ने विश्वास दिलाए ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउन निजी क्षेत्रले ठूलो योगदान दिएको बताउँदै निजी क्षेत्रको सहकार्यमा सरकारले जनतालाई आवश्यक सेवा पु¥याउन अघि बढ्नुपर्ने सुझाव दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।