जेठ २७ । प्रधानमन्त्री सुशिल कोइरालाको फोक्सोमा दाग देखिएको छ । कोइरालाका निजी चिकित्सक प्रा.डा.करबीरनाथ योगीले प्रधानमन्त्रीमा तीन हप्तादेखि सुख्खा खोकी र कहिले काँही ज्वरो आउने लक्षण देखिएको र उनलाई सिटी स्क्यान गर्दा फोक्सोमा सानो दाग देखिएकोले उनको थप परीक्षण हुँदै गरेको बताएका छन्।
विज्ञ समूहले थप उपचारका लागि अनुकूल समयमा सुविधा सम्पन्न अस्पतालमा जान प्रधानमन्त्रीलाई सुझाएको समेत उनले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।
 चीनबाट फर्किएपछि गत शनिवार कोइरालाको स्वास्थ्य परीक्षण गरिएको थियो । 
प्रधानमन्त्री कोइरालाले ब्रोङ्काइटिसको औषधीहरु नियमित सेवन गरिरहेका छन् । अमेरिकामा जिब्रोको क्यान्सरको सल्यक्रिया गराएका कोइरालाले वर्षमा एक पटक नियमित परीक्षण गराउँदै आएका थिए । 
गत वर्ष असार १३ गते अमेरिकामा परीक्षण गराएका कोइरालाले चिकित्सकहरुले असारको दोस्रो हप्ताभित्र नियमित परीक्षण गराउन उपयुक्त हुने सुझाव दिएको डा। योगीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।