संविधानमै निर्वाचनको व्यवस्था हुनुपर्छ : प्रमुख आयुक्त उप्रेती

कञ्चनपुर, २३ जेठ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्र बलियो बनाउन स्थानीय सरकारको निर्वाचन हुनुपर्ने धारणा राखेका छन् ।

निर्वाचन आयोगद्वारा आज महेन्द्रनगरमा निर्वाचन कानुन तथा निर्वाचन विवाद निरुपणसम्बन्धी अन्तक्र्रियाको उद्घाटन गर्दै उनले भने, “लोकतन्त्र संस्थागत गर्न र जनतालाई लोकतन्त्रको अनुभूति दिन निर्वाचन अपरिहार्य छ ।”

संविधानसभाको निर्वाचन भए पनि स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीय निकायको कामसमेत प्रभावित भएको प्रमुख निर्वाचन आयुक्त उप्रेतीले बताए ।

  उनले निर्वाचनमा आएका विवादलाई सहज ढङ्गबाट समाधान गर्नुपर्ने र अब बन्ने संविधानमा पाँचपाँच वर्षमा निर्वाचनको व्यवस्था गर्नुपर्ने धारणा पनि राखेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।