विराटनगर, २३ जेठ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी अधिवेशनमा आफ्नो अध्यक्ष पदको उम्मेदवारी पार्टीको विधानविपरीत नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँगको भेटमा नेता नेपालले पार्टीको विधानको पूर्ण जानकारी नभएकाहरुले आफ्नो उम्मेदवारीमाथि विभिन्न आरोप लगाउने गरेको धारणा व्यक्त गरे ।

उनले पार्टीप्रति उत्तरदायी र जिम्मेवार व्यक्ति अगाडि आए नेतृत्व चयनका लागि सहमतिको बाटो अहिले पनि खुल्ला रहेको उल्लेख गरे ।

 नेता नेपालले एकीकृत माओवादीवाट संसद् अवरुद्ध गर्ने कार्य गैर जिम्मेवारीपूर्ण  भएको पनि बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।