१८ पुष काठमाडौं 
मुग्लिन–नारायणगढ सडकखण्डमा आजदेखि रातको समयमा यातायात संचालन गर्न रोक लगाईएको छ । राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गर्ने लागिएकाले सवारी आवातजावतमा रोक लगाईएको हो । 
सो सडकखण्डको भित्तो काट्ने काम बाँकी रहेकाले रातको समयमा गाडि रोकेर सडक विस्तारको काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताएका छन् । राति सडक बन्द हुने भएकाले काठमाडौंबाट आउने रात्रिबसलाई राति १० बजेअघि नै मुग्लिन पार गरिसक्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। 
उक्त समय पार गर्न नसके बस र साना सवारीलाई मुग्लिन बजारमा तथा ट्रकलाई लेवाटारमा रोक्ने तयारी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले बताए।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।