पुस १८ काठमाडौं
पार्टी एकता तथा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न आज माओवादी केन्द्रको वैठक बस्ने भएको छ । प्रदेश सभा तथा प्रतिनिधी सभाको निर्वाचन पश्चात पार्टी एकता प्रक्रिया अगाडी बढाउने भनिएतापनि नेतृत्वको विषयमा सहमति जुटन नसक्दा वामगठबन्धनको पार्टी एकता संयोजन समितिको वैठक बस्न सकेको छैन ।

मङ्गलबार दिउँसो १ बजे  माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा  बस्ने वैठकमा एमालेसँगको एकतादेखि पछिल्लो राजनीतिक अबस्थावारे छलफल हुने भएको छ।

माओवादीले एकीकृत पार्टीको नेतृत्व प्रचण्डलाई दिनुपर्ने अडान राखेको छ तर नेकपा एमाले यसमा तयार भएको छैन । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।