घर किन्ने, आफ्नै मेहनतले गाडी चढेर हिंड्ने सपना पूरा भयो : दीपाश्री

हास्यश्रृंखला ‘तीतो सत्य’ की सह-निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले गत साता पुरानो वानेश्वर हाइटमा किनेको नयाँ घर आफ्ना सहकर्मी तथा सञ्चारकर्मीहरूलाई देखाएकी छिन्।

साइत जुराएर घर पूजा गरेपछि प्रसाद ग्रहण गर्न उनले थुप्रै कलाकार तथा सञ्चारकर्मीलाई घरमा निम्त्याएकी थिइन्। तीनतले घरमा दीपाले बुद्धजयन्तीको दिन पारेर घर पूजा, होम, वास्तुपूजा, सत्य नारायणको पूजा लगाएकी हुन्।

‘काठमाडौंमा घर किन्ने, आफ्नै मेहनतले गाडी चढेर हिंड्ने सपना पूरा भयो,’ पूजापछि साप्ताहिकसँग कुराकानी गर्दै दीपाले भनिन्— ‘जीवनमा धेरै दु:ख गरियो, भगवान्ले साथ दिएर यो स्थानसम्म आइपुगेकी छु। सबै दर्शक तथा श्रोतालाई धन्यवाद भन्न चाहन्छु।’- साप्ताहिकबाट

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।