चीनले आफ्ना प्रमुख नेता तथा प्रमुख संस्थाको जासुसी अमेरिकाले गरिरहेको आरोप लगाएको छ। अमेरिकाले चीनको सरकारी कार्यालय, व्यवसाय र मोबाइल फोन प्रयोगकर्तामाथि विशेष निगरानी राखेको आरोप चिनियाँ अधिकारीहरूको छ।

चीनले अमेरिकाको यस्तो गतिविधिबाट मानवअधिकारको खुला उल्लंघन भएको जनाएको छ। केही साताअघि अमेरिकाले चीनका पाँच अधिकारीमाथि साइबर जासुसीको आरोप लगाएको थियो। चीनको इन्टरनेट मिडिया रिसर्च सेन्टरले स्नोडेनको दाबीको जाँच गरिरहेको छ।

विभिन्न सरकारी एजेन्सीले अमेरिकी जासुसीको पुष्टि गरेको छ। चीनको सरकारी सञ्चारमाध्यममा प्रकाशित रिपोर्टमा भनिएको छ, ‘महाशक्ति भएका कारण अमेरिकाले राजनीतिक, आर्थिक, सैन्य तथा प्राविधिक प्रभुत्वको फाइदा लिई अर्को देशको निगरानी गरिरहेको छ। अमेरिकाले आफ्नो सहयोगी मुलुकमा पनि यस्तो गर्छ।’ – एजेन्सी

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।