जेठ १५ – सातौँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामवरण यादवले देशका विभिन्न कारगारमा सजाय भोगी रहेका १ सय ५५ जनाको बाँकी कैद मिनाहा गरेका छन् । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५१ बमोजिम राष्ट्रपतिले उनीहरूलाई कारगार मुक्त गर्न मन्त्रिपरिषद्ले गरेको सिफारिस सदर गरेको हो ।

मन्त्रिपरिषद्को बुधबार अबेर राति प्रधानमन्त्री निवासमा भएको बैठकले असल चालचलन एवम् व्यवहार प्रदर्शन गर्ने ती कैदीको बाँकी सजाय माफी गर्ने निर्णय गरेको थियो । रातिनै गृह मन्त्रालयले राष्ट्रपतिसमक्ष उक्त सिफारिस प्रस्तुत गरेको हो ।

मन्त्रिपरिषद्को हिजै बसेको बैठकले राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान गरेका समाजका विभिन्न वर्गका व्यक्तिलाई मानपदवी प्रदान गर्न पनि राष्ट्रपतिलाई सिफारिस गरेको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।