वैशाख ३० काठमाडौं । एकीकृत नेकपा माओवादी नेता बाबुराम भट्टराईले संविधान निर्माण्ँ नभएसम्म विदेश भ्रमणा नगर्ने घोषणा गरेका छन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सार्वजनिक चिन्ता व्यक्त गरिरहेका बेला भट्टराईले विदेश भ्रमण नगर्ने घोषणा गरेका हुन् ।

मंगलबारदेखि नै लागु हुने गरी भट्टराईले विदेश नजाने घोषणा गरेको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले बताएका छन् ।
संविधानसभाबाट संविधान निर्माण्ँ नगर्दासम्म नेता बाबुराम भट्टराई आजदेखि लागु हुने गरी कुनै पनि विदेश भ्रमण्ँमा नजाने निर्णय गरेको पाण्डेले बताए ।

एक साता लामो निजी भ्रमण सकेर मंगलबार चीनबाट स्वदेश फर्केपछि उनले यस्तो निर्णय गरेका हुन् ।

भट्टराई संविधानसभाको महत्वपूर्ण संवैधानिक तथा राजनीतिक सम्वाद तथा सहमति समितिको सभापति हुन् ।
ठूलो संख्यामा संविधानसभा सदस्यहरु विदेश भ्रमणमा गएपछि संविधानसभा अध्यक्ष नेम्वाङले भने पटक पटक चिन्ता व्यक्त गर्दै आएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।