वैशाख ३० काठमाडौं । एमाओवादी नेता डा। बाबुराम भट्टराईले मोहन वैद्य नेतृत्वको नेकपा माओवादीसग पार्टी एकता गरेर अघि गर्नुपर्ने बताएका छन् ।

साता लामो चीन भ्रमण सकेर मंगलबार स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसग कुरा गर्दै भट्टराईले अध्यक्ष वैद्य लगायत कम्युनिष्ट पार्टीहरुसग मिलेर शक्तिशाली पार्टी बनाउनुपर्नेमा जोड दिए ।

विराटनगरमा भएको पार्टीको पहिलो सम्मेलनमा अध्यक्ष दाहालसग विवाद उत्कर्षमा पुगेको बेला भट्टराईले भने नेकपा माओवादीसग एकतामा जोड दिएका हुन् । राष्टिय सम्मेलनमा मनोमानी नेतृत्व चयन गरिएको आरोप लगाउदै भट्टराई पक्षधरले केन्द्रीय समितिबाट आफ्नो नाम फिर्ता लिएका थिए । एमाओवादी सोही विषयले विवाद चलिरहेको बेला भट्टराई भने चीन भ्रमणमा निस्किएका थिए ।

भ्रमण सकेर फर्किने क्रममा वैद्यसग निक्कै नजिक हुन खोजेको देखिएका थिए । सो क्रममा उनले वैद्यपक्षसग पार्टी एकतामा जोड दिदै प्रचण्ड भन्दा वैद्यसग आफ्नो सम्बन्ध राम्रो रहेको जिकिर समेत गरे ।

कतिपय मान्छेहरुले बाबुराम र प्रचण्डले झगडा गरेपछि बबुराम विरुद्ध किरण्ँ भन्ने जुन प्रचार गरे, यो वस्तुसंगत छैन’ भट्टराईले भर्ने विचार राजनीतिक कार्यदिशाको कारणले किरण र मेरोबीचमा फरक छ, सबैले बुझेकै कुरा छ, तर संगठनमा किरण्ँ र मेरो बढी समानता छ ।’

उनले वैद्य सगको गठबन्धन धोबीघाट गठबन्धनलाई पवित्र भएको टिप्पणी समेत गरेका छन् । कतिपय मान्छेले किरण र बाबुरामको अपवित्र गठबन्धन भन्न खोजे पनि वास्तवमा अपवित्र नभएर असाध्यै पवित्र सम्बन्ध भएको उनको भनाई छ ।

पार्टी एक रहेको बेलो उक्त गठबन्धन भएको थियो । पछि मोहन वैद्य नेतृत्वमा पार्टी विभाजन भएपछि वैद्य नेतृत्वले भने उक्त गठबन्धनलाई त्रुटीका रुपमा टिप्पणी समेत गरेको छ ।

भट्टराईको वैद्यसगको एक्कासी आएको निकटतालाई कतिपयले भने रहस्यका रुपमा समेत चित्रण गरेका छन् । विराटनगरमा प्रचण्ड र भट्टराईबीचको विवाद उचाईमा पुगे लगत्तै अध्यक्ष प्रचण्डले गोलमेच आवश्यक रहेको कुरा बाहिर ल्याएका थिए । जुन नेकपा माओवादीको एजेण्डा प्रचण्डले उठाएपछि पार्टी एकता हुने र आफूलाई पाखा लगाउने देखेर भट्टराई अघि सरेको केही राजनीतिक विश्लेषकको तर्क छ ।

भट्टराईले स्वदेश फर्कने क्रममा हालै सम्पन्न राष्ट्रिय सम्मेलनबारे पार्टी भित्रको विवाद छलफल गर्दै लाने बताए पनि सांगठनिक संरचना निर्माण्ँमा आफुले उठाएका विषयलाई बेवास्ता गरेर एकमनावादी शैलीमा पेलेर जान खोजेकोले समस्या निम्तिएको समेत बताए ।

पार्टीमा भएको पछिल्लो कार्यविभाजनमा चित्त नबुझेर केन्द्रीय समितिको घोषणा कार्यक्रम बहिस्कार गरेको  भन्दा पनि  आफुले उठाएका विषयलाई वेवास्ता गरिएकाले बहिस्कार गरिएको उनले बताए ।
भट्टराईले पार्टीमा नोकरशाही प्रवृत्ती हाबी भएको आरोप लगाउ“दै संगठन कब्जा गरेर आफू अनुलकुलको जलप लगाउने प्रवृतिको विरोध गरेको स्पष्ट पारे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।