वैशाख २४ । थाइल्याण्डकी प्रधानमन्त्री यिंगलक शिनावात्रालाई पदबाट हट्न त्यहाँको संवैधानिक अदालतले आदेश दिएको छ ।

प्रधानमन्त्री यिंगलकले सुरक्षा प्रमुखलाई गैरकानूनी तरिकाले पदबाट हटाएको विषयमा पदबाट हट्न आदेश आएको हो ।

आफू सत्तामा आएपछि शिनावात्राले विपक्षी विचारका भन्दै सुरक्षा प्रमुखलाई बर्खास्त गरेको आरोप लगाइएको छ ।

गत नोभेम्बरदेखि विपक्षीहरुले प्रधानमन्त्री शिनावात्राविरुद्ध विरुद्ध आन्दोलन चर्काइरहेका बेला अदालतबाट यस्तो आदेश आएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।