वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले ग्यास बिक्री गर्ने व्यवसायीहरुलाई अनिवार्य अग्नि नियन्त्रण सामग्री राख्न निर्देशन दिएको छ । ग्यास अति प्रज्वलनशील पदार्थ भएकाले सावधानीका सामग्री राखी आफ्नो र छिमेकको सुरक्षामा ध्यान दिन अग्नि नियन्त्रण सामग्री अनिवार्य राख्न निर्देशन दिएको हो ।

विभागले ग्यास बिक्री केन्द्र तथा खुद्रा पसलको अनुगमन गरी व्यवसायीलाई सुरक्षामा सचेत हुन आग्रह गरेको छ । विभागले सोमबार गरेको धापासी तथा ललितपुर आसपासका क्षेत्रमा ग्यास तथा खाद्य वस्तु लक्षित गरी अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा नापतौल प्रमाणपत्र, व्यवसाय दर्ता प्रमाणपत्र, मूल्यसूची, साइन बोर्ड, व्यवसाय नवीकरणलगायत प्रक्रिया पु¥याएर व्यवसाय गर्नुपर्ने व्यवस्था गरिए पनि व्यवसायीले अटेर गर्दै आएको विभागका अधिकारी बताउँछन् ।

विभागले आइतबार काठमाडौंको अनामनगरमा गरेको अनुगमनमा अधिकांश किराना व्यवसायमा नापतौल प्रमाणपत्र नभएको पाइएको जनाएको छ । आइतबार र सोमबार गरेका दुई दर्जन व्यवसायमा ६० प्रतिशत भन्दा धेरैमा नापतौल प्रमाणपत्र नभएको पाइएको छ । दैनिक गरिने अुनगमनमा नापतौल प्रमाण नभएका व्यवसाय धेरै पाइएपछि सुधार गर्न निर्देशन दिएपनि सम्वद्ध व्यवसायीले पालना नगरेको अनुभव अनुममन टोलीको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।