वैशाख २१ । सरकारको नेतृत्व सम्हालिरहेको नेपाली कांग्रेसकै सभाषद्हरुले सरकार भारतीय दूतावासबाट चलेको आरोप लगाएका छन् ।

कांग्रेस संसदीय दलको बैठकमा सभासदहरुले राज्य भारतीय दूतावासबाट चलेको आरोप लगाउँदै तिब्र आलोचना गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार ६ घन्टा बसेको बैठकमा सभासदहरुले आफ्नो पार्टी सभापति सुशील कोइराल नेतृत्वको सरकारप्रति असन्तुष्टी प्रकट गरेका हुन् ।

सभासदहरुले राज्य सञ्चालन भारतीय दूतावासबाट हुने हो की प्रधानमन्त्री कोइरालाबाट भन्ने प्रश्न गर्दै त्यसबारे प्रष्ट गर्न माग गरेको समेत खबर अन्नपूर्ण दैनिकमा छापिएको छ ।

बैठकमा सभासद केशवकुमार बुढाथोकीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘नेपालको राज्य सञ्चालनमा भारतीय दूतावासमा बैठक गरी नीति तथा निर्देशन दिने कार्य बन्द होस्। राजदूत र सभासदको प्रोटोकल के होरु सरकारले व्याख्या गर्नुपर्‍यो।’

मेची सीमाबारे दूतावासको धारणाअनुसार गर्न पनि आफूलाई निर्देशन दिएको बुढाथोकीले बताएका थिए। बुढाथोकीले भनेका थिए, आज भारतीय दूतावास,  भोलि बंगलादेशी दूतावास, पर्सी पाकिस्तानी दूतावासले बोलाउदा पनि जाने कि ‘नजाने र उनीहरुको निर्देशन मान्ने कि नमान्ने र?

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।