वैशाख २१ । जनकपुर बम काण्डका मुख्य योजनाकारको आरोपमा सभासद् संजय शाह पक्राउ परेका छन्।
शनिबार राती उनलाई भारतको सिमावर्ती जिल्ला मधुबनीबाट प्रहरीले पक्राउ गरेको हो।
२०६९ वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै जनकपुरधाममा शान्तिपूर्ण धर्नामा बसिरहदा बम पड्किएर ५ जनाको ज्यान गएको थियो भने दर्जनौ घाइते भएका थिए ।
त्यसपछि प्रहरीले उनलाई खोजी गर्दै आएपनि पक्राउ पर्न सकेका थिएनन् ।




