वैशाख २० । प्रधानमन्त्री सुशिल कोइरालाले शान्ति प्रक्रियालाई पूर्णता दिन र एक बर्षभित्र संविधान लेखनको कामलाई पूर्णता दिन आमसञ्चार माध्यमहरुले दवाब दिनुपर्ने बताएका छन् ।

राजधानीको प्रज्ञा भवनमा नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशन उद्घाटन गर्दै कोइरालाले पत्रकारहरुले मिलेर अघि बढेर उदाहरण प्रस्तुत गरे राजनीतिक दलले पनि त्यसको सिको गर्ने दाबी समेत गरेका छन् ।

एक बर्षभित्र संबिधान जारी भएपछि मुलुक समृद्धितर्फ जाने भन्दै उनले अबका ८/१० वर्षभित्र लामो समयसम्म पत्रकारिता गर्नेहरुले कार चढेर हिड्ने दिन आउने समेत उल्लेख गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।