वैशाख १८ । एमाओवादी पूर्वउपाध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोडतोड गरेका छन् ।

विराटनगरमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन भट्टराईले नयाँ पार्टी बनाउने अभियान सुरु गर्नुपर्ने समेत बताए ।

राजनीतिक क्रान्ति पूरा भएको भन्दै उनले अब समाजवादी चरणका लागि हिजोको कार्यदिशा, हिजोको संगठन र हिजोको नेतृत्वले नपुग्ने समेत सार्वजनिक रुपमै उल्लेख गरे ।

क्रान्तिको नयाँ कार्यभार पूरा गर्न संगठन र पार्टीलाई रुपान्तरण गर्न जरुरी रहेको उनको भनाई थियो । हजार बढी नेता तथा कार्यकर्ताका बिच भट्टराईले अब पार्टीलाई नयाँ शक्तिकोरुपमा विकास गर्नुपर्ने भन्दै रुपान्तरण नगरे खाली आफूमामात्र रमाएर जे छौं ठीक छौं भन्यो भने क्रान्तिको कार्यभार पूरा गर्न नसकिने बताए ।

कार्यक्रममा अर्का पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी रुपान्तरण नभए कांग्रेस एमाले हुने खतरा रहेको औल्याए ।

क्रान्तिकारिता जोगाउन संकल्प गर्नुपर्ने बेला भएको भन्दै उनले नभए अर्को कांग्रेस एमाले हुने खतरा रहेको बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।