पूर्वप्रधानमन्त्री नेपालको स्कर्टिङवाला गाडीको ठक्करबाट बालिकाको मृत्यु

नेता नेपाल
१४ वैशाख । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई स्कर्टिङ गरिरहेको सुरक्षाकर्मीको गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
नेपालको स्कर्टिङ गरिरहेको सशस्त्र प्रहरीको बा १ झ ९५३५ नम्बरको गाडीले राजधानीको तीन कुनेमा तीन बर्षीया बालिका करिष्मा मिजारलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
गाडीको ठक्करबाट घाइते बालिकाको न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा गएराती निधन भएको प्रहरीले जनाएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।