वैशाख १३ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटनको खतरा बढेको बताएका छन् ।

पार्टीलाई बिघटनबाट जोगाउन रूपान्तरण हुनुपर्ने बेला आएको भन्दै उनले नेताहरुको कार्यशैली नसुध्रिए पार्टी बिघटनको खतरा बढेको टिप्प्णी गरे ।

पार्टीको काठमाडौ जिल्ला सम्मेलनमा बोल्दै प्रचण्डले पार्टीलाई बिघटनबाट जोगाउन रुपान्तरण हुनैपर्ने समेत बताए ।

प्रचण्डले पद मात्रै खोज्नेहरु अरु पार्टीमा गए पनि केही फरक नपर्ने भन्दै काम नलाग्ने ठूलो पार्टी भन्दा सानै पार्टी ठीक भएको समेत जनाए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।