वैशाख १३ । कास्कीको सिन्दुजुरेमा निर्माणधिन माथिल्लो मादी जलबिद्युत आयोजनाको सुरुङभित्र थुनिएका १३ जनाको उद्धार भएको छ।

सुरुङ भित्र कार्यरत १६ मध्य १२ नेपाली र एक चिनियाँ सकुसल उद्धार भएको हो। उनीहरुलाई १५ घण्टा पछि सुरुङमा गएको पहिरोको एक छेऊ पन्छाएर निकालीएको हो ।

उनिहरुलाई उपचारका लागि पश्चिमाञ्चल अस्पतलामा ल्याएको छ।

पहिरोले सुरुङको बाहिरी भाग पुरेपछि भित्र कार्यरत १६ मध्य ३ जनाको अवस्था अज्ञात रहेको छ। 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।