वैशाख १२ । राप्रपा नेपालले आज हुने संबिधानसभाको समितिको निर्वाचन बहिष्कार गर्ने भएको छ ।

ठूला राजनीतिक दलले संबिधान सभामा बिभिन्न समितिको निर्वाचनको क्रममा संकीर्ण र निषेधको मानसिकता प्रदर्शन गरेको आरोप लगाउँदै राप्रपाले निर्वाचन बहिस्कार गर्ने भएको हो ।

राप्रपा संसदीय दलको आज बसेको बैठकपछि पार्टी प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गरेर निर्वाचनमा राप्रपा नेपाललाई निषेध गर्ने केही राजनीतिक दलहरुको नियतप्रति खेद व्यक्त गरेको समेत उल्लेख गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।