दिप बहादुर घर्ति
जाजरकोट १० वैशाख । जाजरकोट जगतिपूर र सिमा गाविसका केहि मानव समुदाय खानेपानी अभावमा दुषित कुवँ र भेरी नदीकोपानी खान बाध्य छन् । हाल सम्म खाने पानीको ब्यबस्था हुन नसक्दा समुदायहरु कुवाँ र भेरी नदीको पानी खान बाध्य भएका हुन् ।
जगतिपुर गाविसको कुदु, कुस्तरा, विष्णेचौर र सिमा गाविसको छेडाचौरका बासिन्दाहरु खानेपानीको उचित ब्यबस्था हुन नसक्दा दुषित भेरी नदीको पानी खादै आई राखेका छन् । जगतिपुरको ७÷८ र ९ नं. वडाका समुदायहरुको छहरीमुहान खानेपानी आयोजना प्रभावकारी हुन नसक्दा बर्षमा सय दिन जतिमात्र उपभोक्ताहरुले उक्त आयोजनाको पानी खान पाउने कुस्तराका शेरबहादुर बस्नेत बताउछन ।
बर्षका अरु सबै दिन ३ वटा वडाका मान्छेहरुले भेरी नदीको पानी खादै आईराखेको चर्चा बस्नेतले गरे । बर्षादमा भेरी नदी धेरै धमिलो भएमा ३ वडाकै समुदायले जगतिपूर ७ को मेलसोता खोलामा रहेको कुवाँको दुषित पानी खान बाध्य हुनु पर्छ शेरबहादुरले भने । मेलसोता खोलाको कुवाँको पानी प्राय जसो गाई,भैसीलाई पानी खुवाउन,मान्छेले कपडा धुन र नुहाउनको लागि प्रयोग गरिन्छ । दुषित कुवाको पानीले नुहाउदा छाला चिलाउने रोग लुतोको प्रकोप गाउँमा देखिरहेको छ । २०६७ सालमा जगतिपूर गाविसको १ लाख ६ हजार अनुदानवाट उक्त कुवाँलाई तारवार सहितको वाल लगाईएको छ । वाल लगाए पनि उक्त कुवाको पानी सधै धमिलो, दुषित नै हुन्छ ।
जगतिपूर ६ को विष्णेचौरमा बाह्रै महिना भेरी नदीको दुषित पानी पिउनु पर्छ । नेपालगञ्ज, सुर्खेतवाट जाजरकोट जादा÷आउदा जाजरकोटको मुल गेटका रुपमा रहेको सिमा गाविसको छेराचौरमा समान्यत दोकान, पशल र होटल भएता पनि खानेपानी आयोजनाको ब्यबस्था नहुदा बाह्रै महिना भेरीनदीको दुषित पानी खानु पर्ने अवस्था छ । उक्त छेडाचौरमा खाने पानी, भाडाँ माझ्ने, कपडा धुने, नुहाउने जस्ता सवै कामको लागी भेरी नदीकै दुषित पानी प्रयोग गरिन्छ । नदीको पानी बोक्नलाई महिला बालबालीकाहरु लाईनै लागेर विहान वेलुका भेरी तिर धाई राखेको देख्न पाईन्छ ।