वैशाख १० । मोरङको सीमासँग जोडिएको भारतको विहार राज्यमा हुन लागेका लोकसभाको निर्वाचनलाई ध्यानमा राखी नेपाल–भारतको सीमा मङ्गलबार साँझदेखि पूर्ण रूपमा बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भारतको विहार राज्यमा बिहीबार हुन लागेको लोकसभा निर्वाचनलाई ध्यानमा राखी मङ्गलबार साँझ ७ बजेदेखि शुुक्रबार बिहानसम्मका लागि सीमा क्षेत्र बन्द गरिएको हो।

सीमा बन्द गरिएपछि बिरामी बोकेको एम्बुलेन्स र मानिसबाहेक अन्य सम्पूर्ण सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको छ। रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।