वैशाख १० । बर्दिया राष्ट्रिय निकुञ्जमा एक हात्तीले कुल्चदा एक जनाको ज्यान गएको छ । निकुञ्जको हात्तिसारमा पालिएको ‘जात्रा कली’ नामक हात्तिको कुल्चाईबाट निकुञ्जमा करारमा कार्यरत पछुवा छोट्की थारुको निधन भएको हो ।

जंगलमा घांस दाउरा लिएर हात्तिमाथि राख्ने क्रममा जात्रा कलिले जिउबाट झारेर थारुलाई कुल्चिएको थियो । उनिसंगै रहेका अर्का पछुवा सोवित राम थारु भने भागेर बाच्न सफल भएका छन् ।

निकुञ्ज भित्र रहेका हात्तिले मान्छेलाई मारेको यो नै पहिलो घटना भएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।