वैशाख ६ । ललितपुर चापागाउँका कृष्णचन्द राईको घरमा गत चैत्रमा भएको चोरीको घटनामा संग्लन दिनेश नेपालीलाई छुटाउन पैसा लेनदेन भएको छ ।
दिनेशलाई छुटाउन भन्दै उनका आमा मीना र मामा विकासबाट काठमाडौं ओमबहालका उत्तम शाहीले पटक पटक गरी १७ लाख रुपैयाँ लिएको उजुरी प्रहरीमा परेको छ । मीनाले बिहीवार महानगरिय प्हरी बृतमा चापागाउँकामा आफु ठगिएको भन्दै उत्तम बिरुद्ध उजुरी दिएपछि प्रहरीले आरोपितलाई शुक्रवार पक्राउ गरेको हो ।
महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पुष्पचन्द्र रञ्जितका अनुसार उत्तमले पैसा लिएको स्वीकार गरेका छन् । उत्तमले मीना र विकाससँग लिएको पैसा दिनेशलाई छुटाउन भन्दै चापागाउँ बृतमै कार्यरत प्रहरी निरिक्षक शरद सुवेदी र जवान देवीबहादुर बिष्टलाई समेत दिएको बयान दिएको खबर अन्नपूर्ण पोष्टमा खबर छ । 
ललितपुर प्रहरीले छानबिन र का लागि शरद र देवीलार्इ तानेको छ । छानबिनका लागि ललितपुर परसरका एसपी घनश्याम अर्यालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको जानकारी एसएसपी रन्जितले दिए । उत्तमले पैसा लिएको स्वीकार गरेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।