वैशाख ६ । सेवाग्राहीबाट मोटो रकम असुल्नकै लागि निजी अस्पतालहरुले टेस्टट्युव बेबी प्रविधिबारे अनर्गल प्रचार गरिरहेका छन् ।
यो प्रविधिमा विश्व परिप्रेक्ष्यमै पनि सफलता हासिल गर्न १५ प्रतिशत मात्र सम्भावना रहने विज्ञहरुको दाबी छ । राजधानीका अधिकांश निजी अस्पतालले सन्तानका लागि टेस्टट्युव प्रविधि प्रचार गरिरहेका छन् । विभिन्न विकल्प हुँदाहुँदै पनि हतारिएर यो प्रविधि प्रयोग हुने गरेको पाइएको छ ।
लामो सयम सन्तान नभएका दम्पतीका लागि टेस्टट्युव प्रविधि अन्तिम विकल्प मात्र हुने निःसन्तान केन्द्रकी निर्देशक उमा श्रीवास्तव पोखरेल बताउँछिन् । उनका अनुसार आर्थिक हिसावले महँगो र सफल नहुनेमा समेत टेस्टट्युव प्रविधि उत्तिकै जोखिमपूर्ण रहेको खबर राजधानी दैनिकमा छ ।
‘आर्थिक आयआर्जनका लागि अस्पतालहरुले गलत प्रचार गरिरहेका छन्,’ पोखरेलले भनिन् ‘यसबारे आममानिसमा हेको भ्रम हटाउनुभन्दा आएकालाई सेवा दिने प्रवृत्ति रहेको पाइन्छ ।’ निजी तथा सरकारी अस्पतालले भारतीय चिकित्सक ल्याएर टेस्टट्युव बेबी सञ्चालनमा ल्याइएको पाइएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।