काठमाडौं १ फागुन ।
तत्कालिन नेकपा माओवादीको नेतृत्वमा आज भन्दा २३ वर्ष अगाडी जनयुद्ध सुरु गरिएको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार वाईसियल नेपालले शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको थियो ।

चियापान कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग पार्टी एकता अन्तिम चरणमा पुगेको मात्र बताएनन्– आजै जनयुद्ध दिवसको दिन एकताको टुंगो लगाएर नयाँ सन्देश दिने तयारी भईरहेको समेत खुलाए । लगत्तै साँझ एमाले अध्यक्ष केपी ओलीसँग गोप्य वार्ता गरेर भोलिका लागि पार्टी एकता संयोजन समितिको बैठक समेत बोलाइएको छ ।

जनयुद्ध दिवसको कार्यक्रममा प्रचण्डले मोहन वैद्य किरण र नेक्र विक्रम चन्द विप्लवलाई सम्झदै एकताका आउन आग्रह गरे पनि बाबुराम भट्टराईलाइ भने बिर्सिए । उनले लामो इतिहास सुनाउँदै विप्लवलाई लहड र रहरले क्रान्ति नहुने पाठ पठाएका थिए भने वैद्यलाई व्यंग्य गर्दै किताबका पानामा क्रान्ति लेखेर र पढेर पूरा नहुने भन्दै विप्लव र वैद्यलाई एकतामा आउन आग्रह समेत गरेका थिए ।

प्रचण्डले एकता भाड्न अन्तराष्ट्रिय शक्ति लागि परेको भन्दै नेपालका कम्प्युनिष्ट पार्टी एकता गर्ने अभियानको विरोध गरे साम्राज्यवादीको हुने र एकताको स्वागत गर्दै सामेल भए जनताको हुने समेत बताएका थिए ।

वैद्य र विप्वलतिर लक्षित हुँदै लामै समय खर्चिएका प्रचण्डले बाबुराम भट्टराईको भने नाम समेत उच्चारण गरेनन् ।
वैद्य, भट्टराई, विप्लव जनयुद्धका प्रचण्डका सारथी हुन् । तर, अहिले चार जना नेता नै अलग अलग टुक्रामा विभाजित छन् । प्रचण्डले जनयुद्ध दिवसको दिन वैद्य र विप्लवलाई भने गम्भीर मुद्रामा एकतामा आउन आग्रह गरेपनि उनले भट्टराईलाई भुलेका थिए भने भाषण अवधीभर नाम समेत उच्चारण गर्न भुलेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।