खोटाङ माघ–२३ , कुबेतको कम्बाइन्ड ग्रुपमा वर्षदिनदेखि काम गर्दै आएका खोटाङका एक युवा मृत अवस्थामा फेला परेका छन् ।

फोकस मेनपावरबाट कुबेत पुगेका जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका नवराज राई आईतबार बिहान मृत फेला परेको जानकारी आएको आफन्तले जनाएका हुन् ।

राईको मृत्युको कारण खुल्न सकेको छैन । मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको आफन्तले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।