काठमाडौं ३ फागुन
नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले एमालेसँग सम्मान ढंगले एकता आवश्यकता रहेको भन्दै पार्टी विलय नभएको स्पष्ट पारेका छन् ।

एमाले माओवादीबिच मार्गनिर्देशक सिद्धान्तका विषयमा एमालेले जबज नै हुनुपर्ने अड्डी राखेपछि गजुरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘एमाले र माओवादीबीच सन्माजनक एकता यतिखेरको आवश्यकता रहेको र विन विन हुने गरी एकता गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।

‘एमाले र माओवादीबीच सन्माजनक एकता यतिखेरको आवश्यकता हो, बिलय होईन,’ उनले भनेका छन्, ‘दुवै पक्षले “विन–विन“ महसुस गरेर हुने एकताको अपेक्षा जनता र कार्यकर्ता गरेका छन् ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।