पुष्पकमल दाहाल प्रचण्ड
हामीले सामान्तवादको विरुद्ध जुन लडाई लड्यौं । अब फेरि पुँजीवादको विरुद्ध, समाजवादको पक्षमा सामाजिक न्यायको पक्षमा, यो देशका सबै उत्पिडित पक्ष, जाती, वर्ग, लिंग, समुदायको पहिचानको पक्ष अझै सुव्यवस्थित तरिकाले बढाउनका निम्ति हामी अघि बढ्दैछौं ।

स्थानीय तह, प्रदेश सभा, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न भईसकेको छ । अब सरकार गठनलाई पूर्णता दिनेमा हामी छौं ।
हामी जतिबेला पार्टी एकताको कुरा गर्यौ, वाम गठबन्धनको कुरा गर्यौ त्यसैदिनदेखि पार्टी एकता हुन नपाओस् भनेर षड्यन्त्रहरु हुँदै आएका छन् । वाम गठबन्धन हुन नपाओस्, नेपाली जनताले विकास निर्माण र समृद्धिको यात्रा प्राप्त गर्न नसकुन् भन्नका निम्ति प्रतिक्रियावादीहरु, दक्षिणपन्थीहरु, देशभित्र र बाहिरका सबै षड्यन्त्रकारीहरु लागि नै रहेका थिए । निर्वाचनमा झण्डै दुई तिहाई परिणाम आईसकेपछि कहिले माओवादीलाई प्रलोभन र धम्की, कहिले एमालेलाई प्रलोभन र धम्की दिएर यो गठबन्धन फुटाउने षड्यन्त्र भईरहेको छ ।

म सम्पूर्ण नेकपा एमालेका नेता कार्यकर्ता, नेकपा माओवादीका नेता कार्यकर्ता र आम जनतासँग अपिल गर्न चाहन्छु, तपाईहरु सतर्क रहनु होला कुनै पनि षड्यन्त्रकारीको षड्यन्त्रमा हामी कोही नफसियोस्, जनता कोही दिगभ्रमित हुन नपाओस् । एउटा ऐतिहासिक मिसन हामीले सुरु गरेका छौं । एउटा नयाँ युगको निर्माण गर्ने शहिदहरुको सपना पूरा गर्ने, अग्रजहरुले देखेको क्रान्तिको निरन्तर अगाडी बढाउने महान अभियानका सुरुवात हामीले गरेका छौं । त्यो सपना बिच बाटोमै तुहाउने षड्यन्त्र भएका छन् । कहीँ न कहीँ कतै न कतैंबाट यो प्रक्रिया अवरुद्ध पार्ने षड्यन्त्र भएका छन् । (महोत्तरीमा शनिबार आयोजित कार्यक्रमको सम्बोधनका सम्पादित अंश)
भिडियो हेर्नुहोस्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।