काठमाडौं/फागुन
नयाँ सरकार गठन लगत्तै नेपाल स्टक मार्केट नेम्से सकरात्मक बनेको छ । सरकार गठनमा किलचो आउन सक्ने, पुनः कुर्सीको जोड घटाउमा राजनीतिक दलहरु लाग्दा आर्थिक क्षेत्रमा असर देखिने भएपनि वाम गठबन्धन सरकार गठन विवादरहित बनेपछि सेयर बजार उकालो लागेको छ ।

बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री चयन भएको दिन नेम्से उकालो लागेर स्वागत गरेको थियो । केही समय अगाडी लगातार अाेरालाे लागेकाे नेम्से अब भने केही माथिसम्म पु्ग्ने अनुमान समेत गरिएकाे छ ।

आज दोस्रो दिन पनि सेयर बजार हरियो नै बनेको छ । आज सेयर बजार खुले लगत्तै निक्कै हौसिएर ११४४ इन्डेक्स पुगेको थियो । त्यसपछि केही समय करेक्सन भएर १४२२ सम्म झर्यो लगत्तै नेम्से उकालो लागिरहेको छ । यो समाचार तयार पार्दासम्म १४३५ इन्डेक्स बनाएर कारोबार भईरहेको छ । १२ बजेर ३० मिनेट जाँदासम्म २२ करोडको कारोबार भईसकेको छ । कारोबार रकम समेत बढ्ने देखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।