काठमाडौं ६ फागुन
प्रदेश ६ मा एमाले र माओवादी केन्द्रबिच मन्त्रालयको भागबन्डाले मुख्यमन्त्री चयनको चार दिनमा पनि मन्त्रीपरिषद विस्तार हुन सकेको छैन ।

यद्यपी, आइतर एमाले र माओवादीवीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ तर एमालेभित्र कसलाई मन्त्री बनाउने भन्ने विवादका कारण अझै मन्त्रीपरिषद विसतार भने लम्बिने सम्भावना बढेको छ ।
भागबण्डा अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित चार मन्त्रालय पाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय एमाले र माओवादी दुबैले दावी गरेका थिए ।

एमालेले आर्थिक मामिलासहित भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय पाएको छ ।

माओवादीले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।