काठमाडौं/फागुन
चलचित्रको एक गितको भिडियोमा आँखा झिम्काउँदा दुनियाँले मन पराई दिएपछि भारतमा अहिले एउटी नवनायिका रातारात भाइरल बनेकी छिन् ।

मलायालम चलचित्र ‘ओरु अदार लभ’ बाट अभिनयमा डेब्यू गरेकी नायिका प्रिया प्रकाश भारियर चलचित्रको गीत ‘मानया मलरया‘’ रिलिज भएसँगै रातारात विश्वभर नै चर्चाको शिखरमा पुगिन् ।

यतिसम्म कि उनले पोर्नस्टार हुँदै बलिउड मुभीमा डेब्यू गरेकी नायिका सन्नी लियोनलाई समेत इन्टरनेट सर्चमा पछि पारेकी छिन् । इन्स्टाग्राममा उनलाई ३५ लाख बढीले पछ्याइरहेका छन् । इन्स्टाग्राममा उनको फलोअर्स बलिउड कलाकारमध्ये सबैभन्दा धेरै हो ।

त्यसो त युट्युबमा उनको गित सार्वजनिक भएलगत्तै केही घण्टामै त्यो गीत भाइरल बन्यो भने बिबिसी हिन्दीले समेत उनको बायोडाटासहितका एकै दिन तीन वटा स्टोरी लेखेको थियो ।

गीत रिलिज हुनपूर्व खासै नाम नसुनिकएकी प्रियाबारे युट्युबमा प्रिया प्रकाशको नामबाट ६५ हजार भिडियो बनिसकेका छन् ।  भिडियोमा अमेरिकी राष्ट्रपति ट्रम्प देखि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य थ्रुपै क्रिकेटर स्टार लगायतलाई जोडेर भिडियो बनाइएको छ ।

दश दिनको उनी अभिनित गितको भिडियो भने ३ करोडले हेरिसकेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।