काठमाडौं ६ फागुन
कान्तिपुर पत्रिका, कान्तिपुर टेलिभिजन लगायत मिडिया प्रकाशन तथा प्रसारण गर्दै आएको कान्तिपुर ग्रुपमा व्यापक हेरफेर गरिएको छ ।
कान्तिपुर टेलिभिजनका सम्पादक दिलभुषण पाठकको ठाउँमा समाचार सम्पादक प्रशान्त अर्याललाई ल्याइएको बताइएको छ ।
आइतबार कान्तिपुर पत्रिकाको संरचना समेत बदलिएको छ । जस अनुसार समाचार सम्पादक हरिबहादुर थापा सम्पादकमा बढुवा भएका छन् । हालका सम्पादक सुधिर शर्मा भने प्रधान सम्पादक भएका छन् ।
प्रधान सम्पादकमा नियुक्ति शर्माले कान्तिपुरको पुनः संरचना गरिएको न्यूज रुममा थापा सम्पादकमा नियुक्त भएको भन्दै बधाई समेत दिएका छन् ।
बजारमा शर्माले कान्तिपुर छाड्ने चर्चा समेत गान्नगुन्न चलेको छ । अहिलेको संरचना तथा पदिय थपघट भने कान्तिपुरले सातै प्रदेशबाट प्रकाशन सुरु गरेकाले नयाँ संरचना अनुसार गरिएको बुझिन आएको छ।
कान्तिपुरमा व्यापक हेरफेर– कान्तिपुर पत्रिकाको सम्पादकमा थापा बढुवा
Comments