७ फागुन, काठमाडौं । एमालेका एक जना प्रदेश सांसदले राजीनामा दिएका छन् ।
प्रदेश ६ को मन्त्रिपरिषद गठनमा आफूमाथि अन्याय गरेर पैसामा मन्त्री पद बाँडेको आरोप लगाउँदै मुगुका सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका हुन् । मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सल्लाहकार शाहीले सांसद तथा पार्टीको साधारण सदस्य दुवै पदबाट राजीनामा दिएका छन् ।

राजिनामा दिन सुर्खेतबाट सोमबार विहान काठमाडौं झरेका शाहीले प्रदेशसभा सदस्यको राजीनामा हुलाकमार्फत सभामुखलाई पठाएकाे बताइएकाे छ ।

एमाले नेता शाही प्रदेश ६ को सभामुखको दाबेदार थिए । तर पार्टीले दैलेखका राजबहादुर शाहीलाई सभामुख बनाएपछि उनी मन्त्रीको आकांक्षी थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।