एमाले-माअाेवादी एकता संयाेजन समितिकाे बैठक जारी, उपेन्द्र यादव पनि बालुवाटार छिरे

काठमाडाैं ८ फागुन
नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रकाे एकता संयाेजन समितिकाे बैठक बसिरहेकाे छ ।

बालुवाटारमा बैठक जारी रहेकाे हाे । अाजै एकताकाे खाकामा हस्ताक्षर गर्ने तयारी गरेका छन् ।

यसैबीच, संघीय समाजवादी फाेरमका अध्यक्ष उपेन्द्र यादव पनि बालुवाटार छिरेका छन् । स्राेतका अनुसार उनले सरकारमा सहभागिताका लागि मन्त्रालय बाँडफाँड बारे अाेली र प्रचण्डसँग छलफल गर्ने छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।