काठमाडौं ९ फागुन
‘गोरखा भूकम्पको परकम्प आज बिहान पनि गएको छ ।
बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।
बिहान अबेरै पराकम्प गएपछि काठमाडौंका कतिपय ठाउँमा मानिसहरु घर बाहिर निस्किएका थिए ।
पराकम्प सानै गएपनि सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा भने बिहानदेखि दिउँसोसम्म भुइचालोको विषयले कम्पन भईरहेको छ ।
Comments







