काठमाडौं ९ फागुन
नेकपा माओवादी केन्द्रले योग्य, दक्ष र प्रतिबद्ध व्यक्तिलाई मात्रै मन्त्री बनाउने नीति लिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी नेताहरुसँगको अनौपचारिक बैठकमा समृद्धि र विकासमा नतिजा दिनसक्ने योग्य, दक्ष र प्रतिबद्ध नेता सरकारमा सहभागी हुने बताएका हुन् । माओवादीबाट सरकारको नेतृत्व भने पार्टी बरिष्ठ नेता रामबहादुर थापाले गर्ने देखिएको छ ।
अन्य मन्त्रीहरुको नाम भने टुंगो लागेको छैन । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग मन्त्रालयको भागबन्डा टुंगो लागेपछि बैठक बसेर मन्त्रीहरुको टुंगो लगाउने नेताहरुसँग बताएका छन् ।
Comments