काठमाडौं ११ फागुन
नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुने भएपछि पार्टी संगठन र भातृ संगठनको अधिवेशन गर्न रोक लगाएको छ । पार्टी विस्तार, आन्तरिक भेला र प्रशिक्षण गर्न भने पाइने भएको छ ।

पार्टी स्थायी कमिटीको शुक्रबारको बैठकले पार्टी एकता प्रक्रिया शुरु भएको जनाउँदै यस्तो निर्णय गरेको हो । यसअघि मिति तोकिएका अधिवेशन पनि गर्न नपाइने निर्णय एमालेले गरेको छ ।

अब दुई पार्टी एकीकरण गरेपछि सबै ठाउँमा तदर्थ कमिटीहरु बनाउनुपर्ने भएकाले अहिले अधिवेशन गर्नको अर्थ नरहने एमालेको भनाई छ ।

एमाले र माओवादी केन्द्रबिच ७ फागुनमा एकता सहमतिका सात आधारमा सहमति गर्दै दुई कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले १५ दिनभित्र प्रतिवेदन बुझाएसँगै चैत्रमा एकता घोषणा गर्ने तयारीमा दुई दल रहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।