१२ फागुन, सुर्खेत । प्रदेश ६ को नाम कर्णाली राखिएको छ । प्रदेशसभाको शनिबार बसेको चौथो बैठकले राजधानीको नाम कर्णाली नामकरण गरेको हो ।

प्रदेश ६ को राजधानी सुर्खेतलाई बनाउने निर्णय समेत भएको छ ।

शनिबार बसेको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेश राजधानी र नाम प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा प्रदेशको नाम कर्णाली र स्थायी राजधानी सुर्खेत थियो । उक्त प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।