काठमाडौं । ८० को दशकमा बलिउड कब्जा गर्न सफल भारतीय अभिनेत्री श्रीदेवी हृदयघातका कारणा मृत्युको मुखमा पुगिन् ।

हृदयघातका कारण युएईको दुबईमा शनिवार उनको ५४ वर्षको उमेरमा असामयिक निधन भएको छ ।

छोरी जान्हवी कपुर, पति एवम् फिल्म निर्माता बोनी कपुर सहित विवाह समारोहका लागि दुबई पुगेकी उनी हृदयघातका कारण मृत्युको मुखमा पुगेकी हुन् ।

सन् १९७५ मा बलिउडमा बाल कलाकारका रूपमा प्रवेश गरेकी उनले ८० को दशकमा हिन्दी फिल्ममा राज गरेकी थिइन् ।

श्रीदेवी भारतकी सर्वाधिक ठूलो महिला स्टार मध्येकी एक मानिन्छिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।