काठमाडौं १३ फागुन
माया प्रेमकै कारण अष्ट्रेलियाका उपप्रधानमन्त्री तथा नेशनल पार्टीका प्रमुख बार्नवी जोयसले राजीनामा दिनु परेको छ ।

प्रेम सम्बन्धपछि जोयसकी प्रेमीका गर्भवती बनेकी थिइन् । उक्त खबर मिडियामा आएपछि जोयसले राजीनामा घाेषणाा गरेका हुन् ।

जोयस आफ्नै पार्टी कार्यालयमा काम गर्ने पूर्वकर्मचारीसँगको प्रेम सम्बन्धका थिए ।

उनले कार्यवाहक अध्यक्षमाथि यस कोरम्यानलाई राजीनामा दिने विषयमा जानकारी गराइसकेको त्यहाँका मिडियाहरुले उल्लेख गरेका छन् । उनले पार्टी प्रमुख तथा उपप्रधानमन्त्रीबाट राजीनामा दिए पनि सांसद भने कायमै रहने जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।