चितवन १३ फागुन
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं ३ का सांसद पुष्पकमल दाहालले सम्पर्क कार्यालय खोलेका छन् ।

भरतपुर महानगरपालिका–९ स्थित हाकिमचोकमा उनले सम्पर्क कार्यालय खोलेका हुन् ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित प्रचण्डले चितवनमा सुशासनसम्बन्धी काम र जनताका दैनिक समस्या समाधान गर्न जनसम्पर्क कार्यालयको भूमिका रहने बताए ।

सम्पर्क कार्यालयको उदघाटनका क्रममा उनले जनताका गुनासो, विकासनिर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने समेत जनाए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।