काठमाडौं/फागुन
नेपाल बंगलादेश बैंकको सञ्चालक परिवर्तन भएको छ । आईएफआईसी बैंक, ढाका बंगलादेशले क्वामरून नहेर अहमदलाई मनोनित गरेर पठाएपछि मोनिरुल इस्लामको ठाउँमा अहमद नियुत्त भएकी छिन् ।

यसैगरी, क्वामरून नहेर अहमदको वैकल्पिक सञ्चालकमा रबेया जमालीलाई मनोनित गरेपछि वैकल्पिक सञ्चालकमा जमाली नियुक्ति भएकी छिन् ।

बंगलादेश बैंकले बैंक सञ्चालनमा भएको परिवर्तनबारे नेम्सेलाई पत्र काटेर जानकारी गराएको छ ।

बैंकको पछिल्लो रिपोर्ट केही नकरात्मक आएपछि बैंकले सञ्चालक समिति हेरफेर गरेर बैंकलाई मजबुत बनाउन खोजेको अनुमान गरिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बंगलादेश बैंकको खुद नाफा १८.९७% ले घटेको देखिएकाे थियाे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।