चैत्र २८ । दक्षिण कोरिया जाने कामदारले अनिवार्य रुपमा एमआरपी प्रयोग गर्नुपर्ने भएको छ ।
हस्तलिखित राहदानीलाई आधार मानेर फारम भर्दा थुप्रै गल्ती कमजोरी भेटीएपछि एमआरपी बनाउनैपर्ने व्यवस्था सरकारले गर्न लागेको हो ।
हस्तलिखित राहदानीलाई अन्तर्राष्ट्रिय स्तरबाटै विस्थापित गर्ने तयारी भएकाले पनि बनाउन प्रोत्साहित गरिएको सम्बद्द अधिकारीले जानकारी दिए।
पाँचौ चरणको कोरिया जान आगामी साउनको पहिलो साता आवेदन फारम खुला गर्ने तयारी सरकारले गरेको छ। अहिलेको योजनाअनुसार काम भए सोही फारम भर्दा नै आवेदकले एमआरपी पेश गर्नुपर्ने हुन्छ।
Comments