चैत्र २६ । संसदमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग सम्बन्धी विधेयक नआएपछि व्यवस्थापिका संसद बैठक २ घण्टा रोकिएको छ ।

यसअघि सरकारले उक्त विधेयक ल्याउने प्रतिवद्धता गरे पनि आज संसद बैठकमा नल्याएपछि एकीकृत माओवादीले संसद बैठक अवरुद्ध गरेको हो ।

संसदको बुधबारको बैठक सुरु हुनासाथ एमाओवादी सभासद् जर्नादन शर्मा प्रभावकरले प्रतिवद्धता अनुसार विधेयक नआएको भन्दै संसद बैठक अगाडि बढ्न नसक्ने बताए ।

लगत्तै माओवादी सबै सभासद् उठेर विरोध जनाएपछि संसद बैठक २ घण्टाका लागि रोकियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।