चैत्र २३ । संविधानसभाको दोस्रो निर्वाचनमा काभ्रेवाट प्रत्यक्ष तर्फ चुनाव लडेका डन गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका लामालाई  राजनीतिक आवरणमा गुण्डागर्दी गरी धम्की दिएर चन्दा असुली गरेको अरोपमा महानगरीय प्रहरी परिसर हनुमानढोकाले आइतबार अपरान्ह विमानस्थल अगाडिबाट पक्राउ गरेको हो ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार गृहमन्त्री रहँदा लामाले राजनीतिक संरक्षण पाएका थिए । यस अघि पनि उनलाई प्रहरीले पटक–पटक पक्राउ गरेको थियो ।  

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।