अख्तियारद्धारा स्वास्थ्य मन्त्रालय अन्तर्गतका तीन चिकित्सक र लेखा नियन्त्रक निलम्बित

चैत्र २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा स्वास्थ्य मन्त्रालय अन्र्तगतका तीन जना चिकित्सक र एक जना लेखा नियन्त्रकलाई निलम्बन गरेको छ । 
यसरी निलम्बनमा पर्ने हरुमा स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशक डा. मिङ्मार ग्याल्जेन शेर्पा , राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. नरेशप्रताप केसी र परिवार स्वास्थ्य महाशाखाका तत्कालिन निर्देशक हाल स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. सेनेन्द्रराज उप्रेती र परिवार स्वास्थ्य पहाशाखाका प्रमुख लेखा नियन्त्रक ज्ञानेत्द्र पौडेललाई निलम्बन गरेको हो ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।